फर्साटिकरको जितमा रन्जितको निर्णायक दुई गोल

तिलोत्तमा (खेलदैनिक) । फर्साटिकर एफसी जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा फर्साटिकरले तिलोत्तमा युवा क्लबलाई २–१ ले हरायो । फर्साटिकरको जितमा दुवै गोल रन्जित आलेले गरे भने उता पराजित तिलोत्तमका लागि उत्सव गुरुङले एक गोल फर्काए ।

मंगलबारको खेलमा फर्साटिकरका रन्जित आले म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बैशाख १८ गते बुधबारको खेल आयोजक न्यु श्रृजना युवा क्लब र तमु पेलु संघ बीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...