रहेनन् आरसिटीका अनुभवी प्रशिक्षक कपाली

काठमाडौं (खेलदैनिक) । रानीपोखरी कर्नर टिम (आरसिटी) का अनुभवी प्रशिक्षक बैजु कपालीको मंगलबार ग्राण्डी अस्पतालमा निधन भएको छ । क्लबका सचिव राजु शाहीका अनुसार स्वर्गीय कपाली मस्तिष्कघातका कारण थलिएका थिए ।

केही महिना अघि मात्र सम्पन्न शहिद स्मारक बी डिभिजन लिगतर्फ आरसिटीलाई लिग च्याम्पियन बनाएका कपालीले नेपाली फुटबलमा पनि अनुभवी र सम्मानीत प्रशिक्षकको छवी बनाएका थिए ।

शोकको यस दुःखद घडीमा खेलदैनिक परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।


प्रतिक्रिया दिनुहोस

Loading...