मेचीनगर गोल्डकप : थ्रीस्टारको जितमा अनन्तको निर्णायक गोल

काकरभिट्टा (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब यहाँ जारी चौथो मेची नेत्रालय मेचीनगगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार काकरभिट्टा माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले माइ भ्याली एफसीलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

थ्रीस्टारको जितमा अनन्त तामाङले हेडद्वारा एक मात्र निर्णायक गोल गरे । खेलमा थ्रीस्टार कै सुशिल राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...