चन्द्रागिरी गोल्डकप : आयोजकलाई हराउँदै सरस्वती सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । सरस्वती युवा क्लब जारी दोस्रो चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकाप स्थित खेलमैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा सरस्वतीले आयोजक दिपशिखा युवा समूहलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जिव लामाले गोल गरे । खेलमा सरस्वतीका गोलकर्ता सुजित बुढाथोकी म्यान अफ द म्याच समेत घोषित भए ।

सरस्वतीले सेमिफाइनलमा अब जावलाखेल युथ क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको अन्तिम क्वाटरफाइनल खेल बिरगंज युनाइटेड र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

दिपशिखा युवा समूह, पुरानो नैकाप काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...