एएफसी यु–१९ महिला छनौट : तेस्रो खेलमा पनि हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । म्यानमारमा भएको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणतर्फ नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा पनि हार बेहोरेको छ ।

मंगलबार भएको समूह ए तर्फको अन्तिम खेलमा नेपालले दश खेलाडीमा सिमित घरेलु टोली म्यानमारसँग १–२ को हार बेहोर्न बाध्य भएको हो । खेलको ३६औं मिनटमा मनिषा राउतको पेनाल्टी गोलबाट शुरुवाती अग्रता बनाएको नेपालले त्यसलाई जोगाउन सकेन ।

खेलमा म्यानमारकी वाइ वाइ ओले प्रिती राईलाई फल गरेपछि रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । घरेलु टोली दश खेलाडीमा सिमित बन्दा पनि नेपालले त्यसको फाईदा उठाउन सकेन ।

यो जितसँगै समूह ए बाट म्यानमार र अष्ट्रेलिया फाइनल चरणका लागि छनौट भएका छन् । मंगलबार नै भएको अर्को खेलमा अष्ट्रेलियाले उज्बेकिस्तानलाई ४–१ ले हरायो र समूहको शिर्ष स्थानमा रहन सफल भयो । त्यस्तै म्यानमार दोस्रो स्थानमा रह्यो भने उज्बेकिस्तान र नेपाल क्रमश तेस्रो र चौथो स्थानमा रहे ।


प्रतिक्रिया दिनुहोस

Loading...