एएफसी कप : मनाङलाई पञ्जाबमा न्यानो स्वागत

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ समूह चरणको आफ्नो तेस्रो खेल खेल्न सोमबार भारत पुगेको मनाङ मस्र्याङ्दी क्लबलाई विपक्षी टोली मिनर्वा पञ्जाबले न्यानो स्वागत गरेको छ ।

प्रतियोगिताको समूह ई मा रहेको मनाङले मई १ तारीख बुधबारका दिन भुवनेश्वर स्थित कालिंगा स्टेडियममा मिनर्वा पञ्जाबको सामना गर्दैछ ।

मनाङले यसअघि आफ्नो दुवै खेलमा हार बेहोरेकोले प्रतियोगितामा आफ्नो सम्भाव्यतालाई कायम राख्न मनाङले पञ्जाबविरुद्धको खेलमा आफू अनुकुल नतिजा निकाल्नु पर्नेछ ।

समूह ई तर्फ २ खेलबाट २ अंक जोडेको पञ्जाब तेस्रो स्थानमा छ भने अंकविहीन मनाङ पुछारमा छ । त्यस्तै समान ४–४ अंकका साथ चेन्नईन् र ढाका अवाहानी क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...