सहज जितका साथ सुपौली क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सुपौली एफसी रुपन्देहीमा जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा सोमबार भएको खेलमा सुपौलीले फर्साटिकर एकेडेमीलाई २–० ले हरायो । सुपौलीको जितमा हिरा पुन र सबी गुरुङले एक–एक गोल गरे । खेलमा सुपौलीका सबी गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बैशाख १७ गते मंगलबारको खेल फर्साटिकर एफसी र तिलोत्तमा युवा क्लबबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...