मेचीनगर गेल्डकप : पुलिस र संकटा सेमिफाइनलमा भिड्ने

काकरभिट्टा (खेलदैनिक) । नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लब जारी चौथो मेचीनगर गोल्डकपको सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसले भुटानी क्लब पारो एफसीलाई ३–० ले हराउँदै सेमिफाइनलमा संकटासँगको भेट पक्का गरेको हो ।

काकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा पुलिसका लागि म्यान अफ द म्याच समेत घोषित रवि पासवानले दुई गोल गरे । त्यस्तै भरत शाहले थप एक गोल गरे । प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र माइभ्याली एफसीबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...