एएफसी कप : मिनर्वा पञ्जाब विरुद्ध खेल्न आज भारत जाँदै मनाङ

काठमाडौं (खेलदैनिक) । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एएफसी कपको समूह चरणतर्फ आफ्नो तेस्रो खेल खेल्न आज भारतको कटकतर्फ प्रस्थान गर्दैछ ।

समूह ई मा रहेको मनाङले बुधबार आई लिग च्याम्पियन मिनर्वा पञ्जाबको सामना गर्दैछ । मनाङले समूह चरणतर्फ यसअघि नै दुई खेलमा हार बेहोरिसकेको छ ।

आफ्नो पहिलो खेलमा ढाका अवाहानीसँग १–० को हार बेहोरेको मनाङले दोस्रो खेलमा चेन्नईनसँग २–० ले पराजित भएको थियो । छनौट चरणतर्फ आफ्नो सम्भावनालाई कायम राख्न मनाङमाथि बुधबार पञ्जाब विरुद्ध जित निकाल्नु पर्ने दबाब पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...