स्टार स्पोर्टस्लाई माडी गोल्डकपको उपाधि

चितवन (खेलदैनिक) । आइतबार सम्पन्न माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि स्टार स्पोर्टस् क्लबले जितेको छ । फाइनल खेलमा ठोरी स्पोर्टस् क्लबलाई १–३ ले हराउँदै स्टार स्पोर्टस्ले उपाधि उचालेको हो ।

बिजेता बनेको स्टार स्पोर्टस्ले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता ठोरीले १ लाखमा चित्त बुझाएको छ । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नितीन थापा मगर घोषित भए ।

उत्कृष्ट गोलरक्षक अनिल महतो घोषित भए भने उत्कृष्ट डिफेन्डर अनिल पटेल बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर बरसात गुरुङ बन्दा उत्कृष्ट फरवार्डको पुरस्कार विश्वास श्रेष्ठले हात पारे ।

त्यसैगरी उदयीमान खेलाडी रन्जित क्षेत्री घोषित हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार ज्योती क्षेत्रीले हात पारे । बसन्तपुर युनाइटेड, माडीको आयोजनामा सम्पन्न प्रतियोगिताको फेयर प्ले टिम भने हेटौडा एकेडेमी बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...