मेचीनगर गोल्डकप : साँघुरो जितका साथ आर्मी सेमिफाइनलमा

काकरभिट्टा (खेलदैनिक) । दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी चौथो मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काकरभिट्टा माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले धरान एफसीमाथि २–१ को साँघुरो जित निकाल्दै अन्तिम चारको यात्रा सुनिश्चित गर्यो । खेलमा आर्मीका सुमन अर्याल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र पारो एफसी, भुटानबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...