भारतीय महिला लिगमा खेल्ने साबित्रा र अनिताको बिदाई

काठमाडौं (खेलदैनिक) । भारतीय महिला लिग खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई सदस्य साबित्रा भण्डारी र अनिता बस्नेतलाई एक कार्यक्रमका बीच आइतबार बिदाई गरिएको छ ।

नेपाली महिला फुटबलको इतिहास मै पहिलोपटक बिदेशी क्लबबाट व्यवसायीक फुटबल खेल्न लागेका साबित्रा र अनितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमका बीच बिदाई गर्यो ।

भारतको सेथु एफसीबाट यस सिजन भारतीय महिला लिगको तेस्रो संस्करण खेल्न लागेका यी दुई राष्ट्रिय फुटबलरद्वयलाई नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य पदाधिकारीहरुले विदाई गरे ।

महिला लिगमा सहभागी कुल १४ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । सावित्रा र अनिताको टोली सेथु एफसी भने समूह बी मा परेको छ । भारतीय महिला लिगका सबै खेलहरु लुधियाना स्थित गुरु नानक स्टेडियममा हुनेछन् ।

स्मरणीय छ, साबित्रा र अनिताले गत बर्ष माल्दिभ्समा व्यवसायीक फुटसल प्रतियोगिता समेत खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...