एएफसी यु–१९ महिला छनौट : लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । म्यानमारमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणतर्फ खराब प्रदर्शन गरिरहेको नेपालले आइतबार लगातार दोस्रो हार बेहोरेको छ ।

छनौट चरणतर्फ समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० को हार बेहोर्यो । यो पराजयसँगै नेपालको छनौट चरणको यात्रा समाप्त भएको छ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा बलियो मानिएको अष्ट्रेलियासँग १–११ अन्तरले हार बेहोरेको थियो ।

त्यतिबेला उज्बेकिस्तानले भने आयोजक म्यानमारसँग ०–१ को हारको सामना गरेको थियो । यद्यपि नेपाल विरुद्धको जितसँगै उज्बेकिस्तानको पनि अन्तिम चरणमा छनौट हुने सम्भावना कायम छ ।

अब छनौट चरणतर्फ नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार घरेलु टोली म्यानमारको सामना गर्नेछ भने सोही दिन उज्बेकिस्तानले अष्ट्रेलियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...