सिद्धार्थ क्लब क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सिद्धार्थ क्लब रुपन्देहीमा जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा शनिबार भएको खेलमा सिद्धार्थले जनज्योति क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । सिद्धार्थका लागि अजित थापा र मनोज रसाइलीले गोल गरे ।

खेलमा सिद्धार्थका मनोज रसाईली म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बैशाख १५ गते आइतबार विश्राम दिइएको आयोजकले जनाएको छ । अब बैशाख १६ गते सोमबारको खेल फर्साटिकर एकेडेमी र सुपौली एफसीबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...