रेड स्टारलाई देउमाई गोल्डकपको उपाधि

इलाम (खेलदैनिक) । शनिबार सम्पन्न नेपाल आइस देउमाई गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको छ ।

देउमाई नगरपालिका–४ स्थित भानुभक्त माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा रेड स्टारले रेडहर्स क्लब, इलामलाई सडेन डेथमा ६–५ ले हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्रिवेणी युवा क्लब, देउमाई नगरपालिकाको आयोजनामा स्म्पन्न प्रतियोगिताको विजेता बनेको रेड स्टारले उपाधिसहित नगद २,२२,२२२ रुपैया हात पारेको छ भने उपविजेता रेडहर्सले १,११,१११ रुपैयाँमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...