नेपालले इङल्याण्डसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी बर्ष इङल्याण्डको तेस्रो रोजाईको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

कान्तिपुरमा प्रकाशित खबरअनुसार इङल्याण्ड एफएले नेपाली राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचबारे पुष्टी गरेको हो ।

इङल्याण्ड एफएका एक प्रमुख अधिकारी लवरेन्स सी जोन्सले सन् २०२० मा नेपाल र इङल्याण्डबीच मैत्रीपूर्ण फुटबल म्याच हुने पुष्टी गरेका छन् । गोलनेपालका अनुसार सो मैत्रीपूर्ण फुटबल म्याच इङल्याण्डको एल्डरशटमा हुनेछ ।

साथै लवरेन्सका अनुसार इङलिस टोलीले सन् २०२१ मा नेपालको भ्रमण गर्ने समेत बताएका छन् । नेपाल र इङल्याण्डबीच हुने मैत्रीपूर्ण फुटबल म्याचको मिति भने तोकिएको छैन । गोलनेपालका अनुसार नेपाल र इङल्याण्डबीच २०३औं द्विपक्षीय सम्बन्धको बर्षगाँठको उपलक्ष्यमा त्यो मैत्रीपूर्ण फुटबल म्याच हुन लागेको हो ।

इङल्याण्डका लागि नेपालका राजदुत डा. दुर्गा बहादुर सुबेदीले सो मैत्रीपूर्ण फुटबल म्याचले दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

स्मरणीय छ, नेपाली टोलीको इङल्याण्ड भ्रमणलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही महिना अघि मात्र इङल्याण्ड एफए र एल्डरशट एफसीका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...