स्टार स्पोर्टस् माडी गोल्डकपको फाइनलमा

बसन्तपुर (खेलदैनिक) । स्टार स्पोर्टस् क्लब जारी माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा स्टार स्पोर्टस्ले एभरेष्ट क्लब, चितवनलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

स्टार स्पोर्टस्को जितमा अजित गुरुङले एक मात्र निर्णायक गोल गरे । स्टार स्पोर्टस्ले अब उपाधिका लागि ठोरी स्पोर्टस् क्लबसँग बैशाख १५ गते आइतबार फाइनल खेल्नेछ ।

बसन्तपुर युनाइटेड, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...