चौथो न्यु श्रृजना कप शुरु, राधाकृष्णको बिजयी शुरुवात

तिलोत्तमा (खेलदैनिक) । शुक्रबारदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुरु चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगितामा राधाकृष्ण युवा क्लबले बिजयी शुरुवात गरेको छ ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा राधाकृष्णले सन्जिवनी युवा क्लबलाई सडेन डेथमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा राधाकृष्णका गोलरक्षक सुरेन्द्र कडेंल म्यान अफ द म्याच घोषित भए । यो जितसँगै राधाकृष्ण प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत शनिबारको खेल सिद्धार्थ युवा क्लब र जनज्योति युवा क्लबबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

यहि बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही जिल्लाका कुल १४ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित थापाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...