मेचीनगर गोल्डकप : धरानसँग च्यासल स्तब्ध

काकरभिट्टा (खेलदैनिक) । धरान एफसी, सुनसरी जारी चौथो मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार काकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा धरानले च्यासल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । धरानका लागि खेलको अन्तिमतिर ८०औं मिनटमा मिलन राईले एक मात्र निर्णायक गोल गरे ।

खेलमा निर्णायक गोलकर्ता धरानका मिलन राई म्यान अफ द म्याच समेत घोषित भए । धरानले क्वाटरफाइनलमा अब दावेदार मानिएको नेपाल आर्मी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो क्वाटरफाइनल खेल आयोजक मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...