नेपालको पोष्टमा अष्ट्रेलियाको गोलबर्षा

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरण खेल्न म्यानमार पुगेको नेपाली टोलीले आफ्नो पहिलो खेलमै लज्जाजनक हार बेहोरेको छ ।

छनौट चरणतर्फ समूह ए मा रहेको नेपालले शुक्रबार म्यानमारको मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा भएको आफ्नो पहिलो खेलमा दावेदार अष्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजय बेहोर्यो ।

यो हारसँगै नेपालको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको यात्रा कठिन भईदिएको छ । छनौट चरणतर्फ नेपालले आफ्नो दोस्रो खेलमा आइतबार उज्बेकिस्तानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...