एएफसी यु–१९ महिला छनौट : नेपाल र अष्ट्रेलियाको भिडन्त आज

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणको खेलतर्फ नेपालले आज आफ्नो पहिलो खेलमा बलियो अष्ट्रेलियाको सामना गर्दैछ ।

म्यानमारको मण्डलेस्थित मण्डला थिरी स्टेडियममा नेपाली समयअनुसार ३:१५ मा शुरु हुने आजको खेल नेपालका लागि निकै महत्वपूर्ण पनि छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले अष्ट्रेलिया आफूहरुभन्दा निकै माथिल्लो स्तरको टोली भए तापनि उनीहरुविरुद्ध कडा चुनौति पेश गर्ने बताईसकेका छन् ।

छनौट चरणतर्फ समूह ए मा रहेको नेपालले अष्ट्रेलियासँगै आयोजक म्यानमार र उज्बेकिस्तानको सामना गर्नेछ । समूहको शिर्ष स्थानमा रहने दुई टोली यसै बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...