मेचीनगर गोल्डकप शुरु, दाफिन्स उद्घाटन खेलमै पराजित

काकरभिट्टा (खेलदैनिक) । दावेदार मानिएको दाफिन्स एफसी, क्यामरुन बिहीबारदेखि शुरु चौथो मेचीनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमै पराजित भएको छ ।

काकरभिट्टा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा दाफिन्सले घरेलु टोली काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग टाइब्रेकरमा ४–२ को स्तब्धपुर्ण हार बेहोर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ दाफिन्सका लागि दुवै गोल अनग्वेने जुनियरले गरेका थिए भने उता काकरभिट्टाका लागि दुवै गोल नगेन तामाङले गरेका थिए । खेलमा काकरभिट्टाका लागि दुवै गोल गरेका नगेन तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल धरान एफसी र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...