देउमाई गोल्डकप : रेडहर्स फाइनलमा

इलाम (खेलदैनिक) । रेडहर्स क्लब इलाम, जारी चौथो देउमाई गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार देउमाई नगरपालिका–४ स्थित भानुभक्त माविको खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा रेडहर्सले फ्रेण्डस क्लब, काठमाडौंलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।

खेलमा रेडहर्सका मनिष थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद २५ सय र ट्रफी हात पारे । रेडहर्सले अब उपाधिका लागि फाइनलमा बैशाख १४ गते शनिबार रेड स्टार क्लबको सामना गर्नेछ ।

त्रिवेणी युवा क्लब, देउमाई नगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैया हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैया हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...