राजर्षी जनक कप : भुटानी टोलीसँग झापा स्तब्ध

बागमती (खेलदैनिक) । पारो एफसी, भुटान जारी तेस्रो राजर्षी जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बागमती–११, सर्लाही स्थित सन्तोष स्मृति खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा दश खेलाडीमा सिमित हुनुका बावजुद पारो एफसीले झापा–११ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

पारोले अब सेमिफाइनलमा घरेलु टोली बागमती नगरपालिका, सर्लाहीको सामना गर्नेछ । सोमबारको खेलमा पारोका निमा छिरिङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...