राजर्षी जनक कप : कठिन जितका साथ बागमती सेमिफाइनलमा

बागमती (खेलदैनिक) । घरेलु टोली बागमती नगरपालिका जारी तेस्रो राजर्षी जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बागमती–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा बागमतीले फ्रेण्डस क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । संघर्षपुर्ण जित हात पारेको बागमतीका लागि खेलको ८७औं मिनटमा रितिक खड्काले एक मात्र निर्णायक गोल गरे ।

खेलमा बिजयी टोलीका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगा सोमबारको क्वाटरफाइनल खेल झापा–११ र पारो एफसी, भूटानबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...