एएफसी कपतर्फ दोस्रो खेल खेल्न लिग च्याम्पियन मनाङ भारत प्रस्थान

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको इतिहास मै पहिलोपटक प्रतिष्ठित एएफसी कप खेलिरहेको नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आफ्नो पहिलो अवे खेल खेल्न भारतको अहमदाबादतर्फ आइतबार प्रस्थान गरेको छ ।

छनौट चरणतर्फ समूह ई मा रहेको मनाङले आफ्नो दोस्रो खेल अहमदाबादमा यहि अप्रिल १७ तारीखका दिन इण्डियन सुपर लिग क्लब चेन्नईन विरुद्ध खेल्दैछ ।

भारत जाने मनाङको टोलीलाई आइतबार क्लबका पदाधिकारीहरुले एक कार्यक्रमका बीच बिदाई गरे । फुटबल साईट गोलनेपालका अनुसार मनाङको टोली पहिलो दिल्ली उड्नेछ । त्यसपछि गुजराततर्फ प्रस्थान गर्ने बताइएको छ ।

स्मरणीय छ, एएफसी कपको समूह चरणतर्फ मनाङले काठमाडौं मै भएको पहिलो खेलमा बंगलादेशको लिग च्याम्पियन ढाका अवाहानीसँग ०–१ को झिनो अन्तरले हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...