आँधी प्रभावित बालबालिकाहरुसँग फुटबलको माध्यमबाट खुशी बाँड्दै गोलनेपाल

काठमाडौं (खेलदैनिक) । गोलनेपाल फाउण्डेशनले हालै नेपालमा आएको विनाशकारी आँधी (तुफान) बाट क्षतिग्रस्त बारा–पर्साका बालबालिकाहरुलाई कम्तिमा ५० थान फुटबल वितरण गर्ने भएको छ । केही साता अघि बारा र पर्सा जिल्लामा आएको त्यो विनाशकारी आँधीले धेरै जनाको ज्यान लिएको थियो भने दुई हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएका थिए ।

नेपाली फुटबलमा विगत एक दशकदेखि सक्रिय रहेको गोलनेपाल फाउण्डेशनका प्रमुख कार्यकारी (सिइओ) बिक्रम थापाले फाउण्डेशनको त्यो सहयोगले आँधीका कारण ती दुई जिल्लाका त्रास र विक्षिप्त बनेका बालबालिकाहरुमा केही हदसम्म भए पनि खुशीको सञ्चार पैदा गर्ने विश्वास व्यक्त गरे ।

सिइओ थापाले भने, “आँधीबाट प्रभावित त्यहाँ (बारा–पर्सा) धेरै बालबालिकाहरु छन् । हामी फुटबलको माध्यमबाट बालबालिकाहरुमा राहत र खुशी बाँड्न चाहन्छौं । तत्कालका लागि हामीले २५ थान फुटबल उपलब्ध गराउनेछौं । साथै आगामी दिनहरुमा थप फुटबलहरु उपलब्ध गराउनेछौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...