राजर्षी जनक कप : सहज जितका साथ झापा क्वाटरफाइनलमा

बागमती (खेलदैनिक) । सहज जितका साथ झापा–११ जारी तेस्रो राजर्षी जनक कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बागमती–११ सर्लाही स्थित सन्तोष स्मृति खेलमैदानमा भएको खेलमा झापाले लाली रुपन्देही–११ लाई शुन्यका विरुद्ध ३ गोलले हरायो । खेलमा झापाका शक्ति राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको क्वाटरफाइनल खेल बागमती नगरपालिका र फ्रेण्डस क्लबबीच हुने आयोजकले जनाएको छ । बागमती युवा क्लब, सर्लाहीको आयोजना र सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...