नेपाली यु–१९ महिला फुटबल टोलीले चीनको टोली विरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्ने

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरण खेल्ने तयारीमा रहेको नेपाली यु–१९ महिला फुटबल टोलीले चीनको एक टोली विरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

च्याम्पियनसिप छनौटतर्फ नेपाल समूह ए मा आयोजक म्यानमार, अष्ट्रेलिया र उज्बेकिस्तानसँग छ । नेपालले आफ्नो पहिलो खेल २६ अप्रिलका दिन अष्ट्रेलियासँग खेल्नेछ भने २८ अप्रिलका दिन उज्बेकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल ३० अप्रिलका दिन म्यानमारसँग खेल्ने तय भएको छ ।

एन्फाका अनुसार नेपालले चीनको चेन्दु प्रान्तको उमेर समूहको टोली विरुद्ध दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । यद्यपि उक्त म्याच कहिले हुनेबारे मिति भने पछि तोकिने बताइएको छ । उता नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले चिनीया टोली विरुद्धको खेल च्याम्पियनसिप छनौटका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

आफूहरुले तयारी पनि राम्रो गरेको बताउँदै प्रशिक्षक श्रेष्ठले चेन्दु प्रान्त विरुद्धको मैत्रीपूर्ण खेलले नेपाली टोलीको तयारीमा थप सहयोग पुग्ने विश्वास व्यत्तः गरे । श्रेष्ठ भन्छन्, “हामीले राम्रो तयारी गरेका छौं र मलाई विश्वास छ, छनौट खेलहरुमा हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं । टोलीले भुटानमा सम्पन्न्न साफ यु–१९ च्याम्पियनसिपपछि धेरौ सुधार पनि गरेको छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...