दोस्रो शेख जमल अन्तर्राष्ट्रिय क्लब कपः मनाङ पराजित, आमिरुद्दिन शरिफीको ह्याट्रिकमा शाहएेन अस्माये ३–१ ले विजयी

फागुन ११ /  बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलमा मनाङ मस्र्याङ्दीले दोस्रो खेलमा हार व्यहोरेको छ । आमिरुद्दिन शरिफीको ह्याट्रिकमा शाहएेन अस्माये ३–१ ले विजयी भएको हो । उनले टोलीको लागि ३७, ६५ र ७६ औं मिनेटमा गोल गरे । मनाङका बिमल बस्नेतले ७३ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

मनाङले बंगलादेशको मोहमदन स्पोर्टिङ क्लवलाई २–० ले हराउँदै विजयी सुरुवात थियो तर दोस्रो खेलमा भने पराजय व्यहोरेको हो ।

मनाङले समूहको अन्तिम खेल आयोजक एवं साविक विजेता चित्तागोङ अहवानीसँग शुक्रबार खेल्नेछ । प्रतियोगितामा सहभागी नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लवलाई २ वटा समूहमा बाँडिएको छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...