ओलम्पिक छनौट खेलेर स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं (खेलदैनिक) । म्यानमारमा सम्पन्न एएफसी महिला ओलम्पिक छनौटको दोस्रो चरणको खेल खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

छनौट चरणतर्फ भारत, म्यानमार र इण्डोनेसियासँगै समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमारसँग र दोस्रो खेलमा भारतसँग समान १–३ को हार बेहोरेको थियो । त्यस्तै अन्तिम खेलमा भने इण्डोनेसियालाई २–१ ले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको थियो ।

छनौट प्रतियोगितामा नेपालले आफूभन्दा माथिल्लो वरियताका तीनै टोली विरुद्ध राम्रो प्रदर्शन गर्नुका बावजुृद गोल गर्न नसक्दा समूह चरणबाटै बाहिरिन बाध्य भयो । नेपाली महिला फुटबल टोलीलाई बिहीबार एन्फाका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...