चौथोे देउमाई गोल्डकप बैशाख पहिलो साता

इलाम (खेलदैनिक) । इलामको मंगलबारेमा आगामी वैशाख ७ गतेदेखि चौथोे देउमाई गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिता हुने भएको छ ।

देउमाई नगरपालिका ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा हुने प्रतियोगिता तयारी तीब्र पारिएको विहीबार इलाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

स्थानीय त्रिवेणी युथ क्लबको आयोजनामा हुने गोल्डकपमा छिमेकी भारतका सहित ८ टिमको सहभागीता रहनेछ । प्रतियोगीतामा न्युस्टार फूटवल क्वब सुनसरी, फ्रेन्डस् क्लब काठमाडौं, रेडस्टार क्लब विर्तामोड, उर्लाबारी फूटबल क्लब मोरङ, सिक्किम युनाईटेड भारत, मुनाल क्लब चन्द्रगडी, रेडहर्ष क्लब इलाम र आयोजक त्रिवेणी क्लबको सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल १४ वैशाखमा हुने आयोजक क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । ०७० सालदेखि सुरु भएको देउमाई गोल्डकप ०७२ र ७३ मा भने स्थगित भएको थियो । ०७२ मा गएको भूकम्पबाट खेलमैदानमा क्षति पुगेपछि प्रतियोगिता हुन सकेको थिएन । त्यसलाई निरन्तरता दिन यस वर्षबाट पुनः प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...