राजर्षी जनक कप : उत्कृष्ट जितका साथ एपिएफ सेमिफाइनलमा

बागमती (खेलदैनिक) । शानदार जितका साथ विभागीय टोली नेपाल एपिएफ क्लब जारी तेस्रो राजर्षी जनक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती–११ सर्लाही स्थित सन्तोष स्मृति खेलमैदानमा भएको क्वाटरफाइनल भिडन्तमा एपिएफले साविक विजेता सुदुरपश्चिम–११ लाई ४–० ले हरायो । एपिएफको जितमा प्रविन स्याङ्तनले २ गोल गरे भने सुदिप सिख्राकार र प्रदिप लामाले एक–एक गोल गरे ।

बिहीबारको खेलमा एपिएफका लागि दुई गोल गरेका प्रविन लामा म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल फ्रेण्डस क्लब र बीरगंज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब, सर्लाहीको आयोजना र सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...