राजर्षी जनक कप : चार गोलका साथ थ्रीस्टार अन्तिम चारमा

बागमती (खेलदैनिक) । दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लब जारी तेस्रो राजर्षी जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती–११ स्थित सन्तोष स्मृति खेलमैदानमा बुधबार भएको क्वाटरफाइनल भिडन्तमा थ्रीस्टारले आयोजक बागमती युवा क्लबलाई ४–० को गोल अन्तरले हरायो । थ्रीस्टारको जितमा सुशिल राईले २ गोल गरे भने अनिल गुरुङ र मन्साले एक–एक गोल गरे ।

https://twitter.com/Goal_Nepal/status/1115976325649637376

बुधबारको खेलमा थ्रीस्टारका लागि दुई गोल गरेका सुशिल राई खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...