
काठमाडौं (खेलदैनिक) । बागमती नगरपालिका सर्लाहीमा जारी तेस्रो राजर्षी जनक कप नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले नखेल्ने भएको छ ।
गोलनेपालका अनुसार पुलिसले शुरुवातमा सहभागिता जनाउने बताए तापनि पछि नखेल्ने बताएको आयोजकले पुष्टी गरेको छ । साथै अब पुलिसको स्थानमा प्रतियोगितामा लाली रुपन्देहीले सहभागिता जनाउने भएको छ । रुपन्देहीले अब चैत्र ३० गते झापा–११ को सामना गर्नेछ ।
बागमती युवा क्लब, बागमतीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा सर्लाली जिल्ला फुटबल संघको पनि विशेष प्राविधिक सहयोग रहेको छ ।