राष्ट्रिय महिला गोल्डकप शुरु, माउण्ट एभरेष्ट सेमिफाइनलमा

उदयपुर (खेलदैनिक) । मंगलबारदेखि शुरु बसाहा राईजिङ राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरीले बिजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा माउण्ट एभरेष्टले सर्लाही–११ लाई शून्यका विरुद्ध १ गोलले हरायो । माउण्ट एभरेष्टको जितमा मुना मगरले एक मात्र निर्णायक गोल गरीन् । यो जितसँगै माउण्ट एभरेष्ट प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल धनकुटा फुटबल संघ र बेलका–११ बीच हुने आयोजकले जनाएको छ । बसाहा राईजिङ युथ क्लब, चौदण्डीगढी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...