निजगढ गोल्डकप : सेमिफाईनल समीकरण पूरा

निजगढ (खेलदैनिक) । बाराको निजगढमा सञ्चालित नेपाल आईस पाचौं निजगढ गोल्डकपको सेमिफाईनल समिकरण पूरा भएको छ ।

निजगढमा मंगलवार भएको अन्तिम क्वार्टरफाईन खेलमा साविक बिजेता बारा ११ माथी आयोजक निजगढ युवा क्लबले जीत हासिल गरेसंगै अन्तिम चारको टुंगो लागेको हो ।

सेमिफाईनलमा यसअघि नवजनजागृति युवा क्लव, वीरगन्ज युनाईटेड क्लव, सर्लाही ११ प्रवेश गरिसकेका छन् । निजगढलाई अन्तिम चारमा पुर्याउने क्रममा एलिस तामाङले निर्णायक गोल गरे । एलिसले खेलको छैठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

निजगढका कृष्ण शाक्य खेलको म्यान अफ द म्याच घोषित भए । उनले ट्रफी सहित २५ सय नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधवार नवजनजागृति युवा क्लव, सिमरा र वीरगन्ज युनाईटेड क्लवबीच पहिलो सेमिफाईनल खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...