राजर्षी जनक कप : एपिएफको कठिन जित

बागमती (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी तेस्रो राजर्षी जनक कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बागमती–११, सर्लाही स्थित सन्तोष स्मृति खेलमैदानमा मंगलबार भएको खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । एपिएफको जितमा खेलको ७७औं मिनटमा सन्तोष श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

खेलमा एपिएफका डिफेन्डर राजन गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र आयोजक बागमती युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...