महिला ओलम्पिक छनौट : भारतको दुर्भाग्य, म्यानमार तेस्रो चरणका लागि छनौट

(तस्विर : म्यानमार एफए)

काठमाडौं (खेलदैनिक) । म्यानमारमा भएको एएफसी महिला ओलम्पिक छनौट २०२० को दोस्रो चरणतर्फ आफ्नो अन्तिम खेलमा उत्कृष्ट बराबरीका बावजुद भारत पनि दुर्भाग्यपुर्ण रुपमा प्रतियोगिताबट बाहिरिएको छ ।

मंगलबार भएको निर्णायक खेलमा भारतले घरेलु टोली म्यानमारसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्यो । यद्यपि राम्रो गोल भिन्नताका आधारमा भारत घरेलु टोलीसँग पछि पर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । भारतले आफ्नो पहिलो खेलमा इण्डोनेसियालाई २–० ले तथा नेपाललाई ३–१ ले हराएको थियो भने म्यानमारले नेपाललाई ३–१ ले तथा इण्डोनेसियालाई ६–० ले पराजित गरेको थियो ।

मंगलबारको नतिजासँगै ३ खेलबाट ७ अंक जोडेको म्यानमार शिर्ष स्थानमा छ र तेस्रो चरणका लागि छनौट भएको छ । समान ७ अंक भएता पनि भारत दोस्रो स्थानमा छ । त्यस्तै ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदा अंकविहीन इण्डोनेसिया भने पुछारमा रहँदै प्रतियोगिताको समापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...