१९ औं बुढासुब्बा गोल्डकपः संकटा फाईनलमा, रुपन्देही २–१ ले पराजित

खेलदैनिक, ११ फागुन / मोफसलमा निरन्तरता पाईरहेको सबैभन्दा पुरानो एक प्रतिष्ठित बुढासुब्बा गोल्डकपको १९ औं संस्करणमा संकटा क्लब फाईनल पुगेको छ । बुधबार भएको खेलमा संकटाले रुपन्देही ११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २३ औं मिनेटमा संकटाका अनिल गुरुङले सुरुवाती अग्रता दिलाए । पहिलो हाफ अन्तिमतिर ४३ औं मिनेटमा दिपक राईले बराबरी गोल फर्काए । तर, रुपन्देहीका शौरभ मगरले बक्स भित्र फल गरेपछि रेफ्रीले संकटलाई पेनाल्टी अवसर दिएकोमा अनिल गुरुङले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जित दिलाए ।

उनी खेलको म्यान अफ दि म्याच पनि भए ।


प्रतिक्रिया दिनुहोस

Loading...