निजगढ गोल्डकप : वीरगन्ज सेमिफाईनलमा

निजगढ (खेलदैनिक) ।ः वीरगन्ज युनाईटेड क्लब जारी नेपाल आईस पाचौं निजगढ गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल भिडन्तमा हर्दी युवा समाज चितवनलाई २–० गोलले पराजित गर्दै वीरगन्ज अन्तिम चारमा प्रवेश गरेको हो । वीरगन्जको जितमा विवेक चौधरी र अच्छेलाल कुमरले गोल गरे । खेलको २२औं मिनेटमा विवेकको गोलले अग्रता लिएको वीरगन्जले ६५औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

खेलमा वीरगन्ज युनाईटेड क्लबका रुपक लामा खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक निजगढ युवा क्लव र साविक बिजेता बारा ११ बीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...