
सिन्धुपाल्चोक (खेलदैनिक) । रानीपोखरी कर्नर टिम (आरसिटी) जारी दोस्रो चौतारा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आरसिटीले श्री भगवती क्लब, टोखालाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । सिन्धुपाल्चोक स्थित चौतारामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आरसिटीका लागि २१औं मिनटमा कुवासी युआबेले पहिलो गोल गरे ।
त्यस्तै दोस्रो हाफको ६१औं मिनटमा अजित गुरुङले त्यो अग्रता दोब्बर पारे भने लगतै ६३औं मिनटमा नवराज गुरुङले आरसिटीका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । उता पराजित श्री भगवतीका लागि ७८औं मिनटमा कफ्र्यु रसाइलीले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा आरसिटीका अजित गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो सेमिफाइनल खेल दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।
तोप २१ सिन्धुपाल्चोकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५ हजार प्राप्त गर्नेछ ।