तेस्रो राजर्षी जनक कप शुरु, आयोजक बागमतीको बिजयी शुरुवात

बागमती (खेलदैनिक) । सोमबारदेखि शुरु तेस्रो राजर्षी जनक कप नकआउट फुटबल प्रतियोगितामा आयोजक बागमती युवा क्लबले बिजयी शुरुवात गरेको छ ।

सन्तोष स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक बागमतीले सरस्वती युवा क्लब, काठमाडौंलाई ३–१ ले हरायो । आयोजकको जितमा बिमल घिसिङले २ गोल गरे भने आर्जन गुरुङले एक गोल गरे । उता पराजित सरस्वतीका लागि तिर्थ बस्नेतले एक मात्र सान्त्वना गोल फर्काए ।

https://twitter.com/Goal_Nepal/status/1115248057019457536

यो जितसँगै आयोजक बागमती क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत मंगलबारको खेल नेपाल एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब, बागमतीको आयोजना र सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...