निजगढ गोल्डकप : जनजागृति र सर्लाहीको जित

(तस्विर : गुगल)

निजगढ (खेलदैनिक) । नव जनजागृति युवा क्लब सिमराले नेपाल आईस पाचौ निजगढ गोल्डकपमा बिजयी सुरुवात गरेको छ । निजगढमा आईतवार भएको उद्घाटन खेलमा जनजागृतिले मकवानपुरलाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको हो ।

यसअघि निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि नजिता टाईब्रेकरमा निकालिएको हो । टाईब्रेकमा सिमराका लागि निकेश थापा, सुदिप खत्री, चन्दन चौधरी, रोहन तामाङले गोल गरे । कमाने फूटवल एकेडेमी मकवानपुरका लागि बिदेशी खेलाडी टेम्पी र सञ्जिब अर्यालले गोल गर्दा अन्य खेलाडीको प्रहार जनजागृतिका गोलरक्षक रोहन मगरले बचाउ गरे ।

रोहन खेलको म्यान अफ दि म्याच घोषित भए । यसअघि निर्धारित समयमा जनजागृतिले खेलको सुरुवातमा लिएको अग्रता बराबरी गर्दै मकवानपुरले खेल टाईब्रेकरमा धेकेलेको थियो । जनजागृतिका लागि सुदिप खत्री र ऋषी मोक्तानले गोल गरेका थिए । मकवानपुरका रवी भण्डारी र क्रिसले बराबरी गोल फर्काएका थिए ।

यसैगरी दोस्रो खेलमा बेंखडी युवा क्लब महोत्तरीलाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै सर्लाही ११ सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमले २–२ खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टंक लामाको गोलबाट खेलमा अग्रता लिएको महोत्तरीविरुद्ध सर्लाहीका सुनिल लामा दुई गोल गरे । महोत्तरीका लागि दोस्रो गोल भने हेम लामाले गरे । खेलको म्यान अफ दि म्याच सर्लाहीका गोलरक्षक अरुण भ्लोन घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार हर्दि युवा समाज चितवन र वीरगंज युनाईटेड क्लवबीच प्रतिस्पर्धा हुनेछ । चैत्र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले एक लाख ५० हजार र उपबिजेताले एक लाख लाख प्राप्त गर्नेछन ।


प्रतिक्रिया दिनुहोस

Loading...