नेपाल एपिएफ सेमिफाइनलमा

सिन्धुपाल्चोक (खेलदैनिक) । सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब जारी दोस्रो चौतारा मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनल खेलमा एपिएफले प्लानिङ एफसी, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । सिन्धुपाल्चोक स्थित चौतारामा भएको खेलमा एपिएफका लागि ५१औं मिनटमा महेश लामाले एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो सेमिफाइनल खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र टोखा भगवती, काठमाडौंबीच हुने आयोजकले जनाएको छ । तोप २१ सिन्धुपाल्चोकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...