चौबीस घण्टाको अन्तरालमा अर्को उपाधि नजिक दाफिन्स

सुनसरी (खेलदैनिक) । शनिबार मात्र तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको दाफिन्स एफसी, क्यामरुन आइतबार वराह क्षेत्र, सुनसरीमा जारी चौथो भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेश गर्ने क्रममा दाफिन्सले आइतबार चर्च ब्वाईज युनाइटेडलाई १–० ले हरायो । दाफिन्सको जितमा म्याच अफ द म्याच समेत घोषित अंग्वेनले खेलको ५४औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल रेड हर्स क्लब, इलाम र आयोजक न्यु स्टार क्लब, वराह क्षेत्रबीच हुने आयोजकले जनाएको छ ।

न्यु स्टार क्लब, बराह क्षेत्रको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...