सावित्रा भण्डारी र निरु थापालाई माल्दिभ्सबाट आमन्त्रण

११ फागुन / नेपाली महिला राष्ट्रिय फुटबल खेलाडीद्वय सावित्रा भण्डारी र निरु थापालाई माल्दिभ्सबाट आमन्त्रण भएको छ ।

माल्दिभ्सबाट खेल्नका लागि त्यहाँको धिवेही सिफान्गे क्लबले मालेमा हुने १८÷३० महिला फुटलस फेस्टा २०१७ आफ्नो टीमबाट खेल्नको लागि आमन्त्रण गरेको हो ।

अप्रिल ७ देखि २६ सम्म प्रतियोगिता हुनेछ र खेलाडीले पाँच खेल खेल्नेछन् । क्लबले आवतजावतको  लागि भाडा, खाना बस्नका साथै पारिश्रमिक स्वरुप पाँच सय डलर प्रदान गर्नेछ । एन्फाले भने अहिलेसम्म आईटिसी रिलिज गरिसकेको छैन । खेलाडी मार्च २६ सम्ममा माले पुगिसक्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...