आर्मीलाई हराउँदै मोफसलमा दाफिन्सलाई पाँचौं उपाधि

दुहबी (खेलदैनिक) । मोफसलका फुटबल प्रतियोगिताहरुमा एकक्षत्र राज जमाई रहेको दाफिन्स एफसी, क्यामरुनले तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै दाफिन्सले मोफसलमा पाँचौं उपाधि आफ्नो कब्जामा पारेको हो । गोलनेपालका अनुसार दुहबी रंगशालामा भएको फाइनल भिडन्तमा दाफिन्सले आर्मीलाई सडेन डेथमा ८–७ ले हरायो ।

https://twitter.com/Goal_Nepal/status/1114510013089964032

बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ६ लाख हात पारेको छ भने उपविजेता आर्मीले ३ लाखमा चित्त बुझाएको छ । इलेभन एरोज क्लब, दुहबी र मनमोहन मेमोरियल फाउण्डेशनको आयोजनामा गत चैत्र १६ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...