तेस्रो भूपू सैनिक कप शुरु, आर.के. एफसीको बिजयी शुरुवात

बुटवल (खेलदैनिक) । शुक्रबारदेखि शुरु तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगितामा आर.के. एफसीले बिजयी शुरुवात गरेको छ ।

बुटवल–१३, सालघारी स्थित आयोजक क्लबलको मैदानमा भएको उद्घाटन खेलमा आर.के.एफसीले चाँदनी युवा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । आर.के. एफसीको जितमा म्यान अफ द म्याच समेत घोषित आयुष ठकुरीले एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तरगत चैत्र २३ गते शनिबारको खेल लिस्नु युवा क्लब र जनप्रिय स्र्पोटिङ युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३ सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...