भेरौल गोल्डकप : दाफिन्स सेमिफाइनलमा

सुनसरी (खेलदैनिक) । बिहीबार मात्र दुहबी गोल्डकपको सेमिफाइनल खेलेको अफ्रिकी टोली दाफिन्स एफसी सुनसरीमा जारी भरौल गोल्डकपको पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनल भिडन्तमा दाफिन्सले फ्रेण्डस क्लब, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । दाफिन्सको जितमा निआ र पिटेंगाले गोल गरे । उता पराजित फ्रेण्डसका लागि सेराफेले एक मात्र गोल गरे ।

खेलमा दाफिन्सका निआ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शनिबारको खेल न्यु स्टार क्लब, बराह क्षेत्र र सरस्वती युथ क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...